Logo
१३ बैशाख २०८१, बिहीबार
(April 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहित सिंहको अभिनय रहेको ‘मुटु जल्ने रहेछ’गीत सार्वजनिक (भिडियोसहित)

गायक सूरज कलाखेतीको ‘मुटु जल्ने रहेछ’ नयाँ गीत बजारमा सार्वजनिक भएको छ । भिडियो मोडल सिंह ठकुरीको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

कलाखेतीले नयाँ वर्षको उपहार स्वरूप आफ्नै युटुब च्यानल (सूरज कलाखेती अफिसियल) मार्फत लिरिकल भिडियोसहित गीत सार्वजनिक गरेका छन् ।

गीतमा शब्द रचना सहित सिंह ठकुरीको छ भने संगीत गायक स्वयंले नै गरेका छन् । विश्व अधिकारीको संयोजनमा मिक्सिंग र मास्टरिङ् बिप्लव अधिकारीले गरेका छन् । लाइक माइण्ड नेपालमा रेकर्ड गरिएको गीतको शिलान लम्सालले सम्पादन गरे हुन् ।

केशब राज भट्टले कोरियोग्राफी गरेको गीतमा मुकेश हुमागाइ र टीमको छायांकन रहेको छ । भिडियो निर्देशन गीतका रचनाकार स्वयंले गरेका छन् । साथै सहित सिंह ठकुरी नै मुख्य भूमिकामा अभिनयमा गरेका छन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति: Apr 19, 2021

प्रतिक्रिया दिनुहोस्