Logo
७ बैशाख २०८१, शुक्रबार
(April 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवारलाई कोरोना संक्रमण

नेपाली सिने जगतका चर्चीत हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आफ्ना शुभचिन्तकहरूलाई सोमबार सामाजिक सञ्जालमार्फत श्रेष्ठले पूरै परिवारलाई कोरोना पोजेटिभ भएको जानकारी गराएका हुन् ।

उनको परिवारमा छोरा, छोरी, बुहारी र नातिनी छन् । जानकारीसँगै उनले कोरोनालाई खेलाँची नसम्झन भन्दै सतर्क रहन आग्रह गरेका छन् ।

उले लेखेका छन्, ‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जना लाई Corona positive देखिएको छ । भइसकेपछि सास्ती चाहिँ हुने रहेछ, त्यसैले यो Virus लाई खेलाँची नगर्नुहोला । जति सकिन्छ corona बाट सतर्क रहनु होला । Birthday wish गर्नु हुने सबै लाई धेरै धेरै धन्यबाद ।’

प्रकाशित मिति: Apr 19, 2021

प्रतिक्रिया दिनुहोस्