Logo
५ श्रावण २०८२, आईतबार
(April 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिलाम खादाँ हुन्छन् यस्ता फाइदा जान्नुहोस् !

सिलाम हामी सबैलाई थाहा भएकै फल हो । सिलाम अर्थात् तिरकुलो खानका लागि स्वादिष्ट मात्र नभई स्वास्थ्यका लागि बहुआयामिक जडी हो।

सुगन्धित वनस्पति सिलामको अंग्रेजी वा वैज्ञानिक नाम ‘पेरिल्ला’ हो। यो ‘मिन्ट’ परिवारको ‘नेपटियोडी’ वर्गमा पर्छ। यसबाट तेल निकाल्ने वा अचार बनाउने मात्र नभई विभिन्न काममा प्रयोग गर्न सकिन्छ।

सिलामको बोट तथा फल एकदम बासनादार हुन्छ । दाना सेता वा काला दुवै किसिमका हुन्छन्। यो एक फूल फुल्ने प्रजातिको बिरुवा हो।

यसको बोटका टुप्पोमा साना आकारमा खाली ठाउँ हुन्छ त्यसैमा फल लाग्छ । पाकेपछि त्यसलाई झारेर सफा गरेर अनि भुटेर खाने गरिन्छ ।

सिलामलाई रोग प्रतिरोधात्मक शक्ति भएको जडी पनि मानिन्छ । यसले शरीरको इम्युनिटी बढाउन धेरै मद्दत पुर्‍याउने हुँदा महामारीजन्य अवस्थामा यसको झन् ठूलो महत्व छ।

यसको कलिलो पातलाई खानाको परिकारहरूसँग मिलाएर खाँदा शरीरमा चाहिने गुणकारी तत्वहरू पाइन्छ। कोरिया, जापान, इन्डोनेसिया, फिलिपिन्समा यसको परिकारलाई अभिन्न अङ्गको रूपमा उपभोग गरिन्छ।

सिलामलाई मुख्यतः अचार र तेलहनको रूपमा प्रयोग गरिन्छ। यद्यपि, यसका धेरै परिकार बनाउन सकिन्छ। सिलामको फलमात्र होइन, पात पनि स्वास्थ्यका लागि अत्यन्त राम्रो मानिएको छ। नेपाली सिलाम क्षेत्रीय बजारमा निकै लोकप्रिय छ। तर यसले व्यावसायिकता हासिल गर्न सकेको छैन।

सिलामका फाइदा
नियमित सिलाम खाँदा शरीरको कोलेस्टेरोल लेबल सन्तुलनमा आउँछ। क्यान्सरजस्तो भयानक रोग रोकथामका लागि पनि सिलाम उपयोगी जडी हो।

मुटु सम्बन्धी समस्या निदानका लागि पनि सिलाम उपयोगी मानिएको छ। एलर्जी हुने समस्या, मुख स्वास्थ्य तथा दमको समस्या हुनेले सिलाम खानु अत्यन्त राम्रो मानिएको छ। जाडो समयमा सिलाम खाँदा शरीरलाई तातो बनाउन मद्दत पुर्‍याउँछ।

छाला सम्बन्धी समस्या हुनेले पनि नियमित सिलाम खाँदा राम्रो हुन्छ। मस्तिष्कको लागि पनि सिलाम अत्यन्त फाइदाजनक छ। तनाव कम गर्न नियमित सिलाम खाँदा राम्रो मानिन्छ।

संक्रमण रोक्न पनि सिलाम राम्रो दबाइ मानिन्छ। जिउका जोर्नीहरू दुख्ने समस्यालाई निदान गर्न सिलाम उत्तम मानिन्छ। सिलामले घामले डढ्ने समस्यालाई हेरचाह गर्न मद्दत पुर्‍याउँछ। शरीर सुनिने समस्या भएकाहरूका लागि पनि सिलाम उपयोगी मानिन्छ।

कसरी खाने?
कोरिया र जापानमा सिलामको पातको अचार, सलाद, किम्ची, रोल्स, भुटेको परिकार बनाउने परम्परा छ। मेक्सिकोमा सिलामको पात प्रयोग गरेर चिमीचुरी बनाइन्छ भने भारतमा पकौडा पनि त्यत्तिकै प्रसिद्ध छ।

नेपालमा सिलामको छोप हालेर अचार बनाउने चलन निकै पुरानो हो तर आधुनिक र व्यावसायिक हिसाबले भने अब धेरै परिकार बनाउन थालिएको छ।

सिलामको सुप अहिले निकै प्रसिद्ध मानिन्छ। सिलामको धुलो या गेडा प्रयोग गरेर सलाद बनाउने चलन पनि आएको छ। सिलाम मिसाएर कुकिज बनाउँदा निकै स्वादिलो हुन्छ।

सिलामको तेल विभिन्न आयुर्वेदिक ओखती बनाउन र मसाज गर्न उत्तम हुन्छ। यसको तेल कपालमा लगाउन पनि मिल्छ।

 

प्रकाशित मिति: Apr 18, 2021

प्रतिक्रिया दिनुहोस्