Logo
१३ बैशाख २०८१, बिहीबार
(April 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को प्रदेशसभाको सातौं अधिवेशन अन्त्य

प्रदेश १ को प्रदेशसभाको सातौं अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको थियो ।धेरै बैठकहरु सूचना टाँस गरेर स्थगित भएको थियो । फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रदेशसभाबाट अविश्वास प्रस्ताव फिर्ता भएको थियो ।

यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश भए पनि छलफल हुन सकेन । सत्ता पक्षले माग सम्बोधन गर्न चासो नदिएका कारण प्रतिपक्षले  प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध गरेका थिए । ।

प्रकाशित मिति: Apr 18, 2021

प्रतिक्रिया दिनुहोस्