Logo
१३ बैशाख २०८१, बिहीबार
(April 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जब प्रचण्डलाई प्रधानमन्त्री ओलीको फाेन आयो…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धेरै समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा हुन लागेको भन्दै ललितपुरमा आयोजित एक कार्यक्रम छोट्याएर फर्किएका छन् ।

ललितपुरको कोन्जोसोम गाउँपालिकाको कार्यक्रममा पुगेका प्रचण्डले धेरै समयपछि आफूलाई प्रधानमन्त्रीको फोन आएको बताए । उनी प्रधानमन्त्रीसँग भेट्नका लागि भन्दै छोटो समय बोलेर फर्किएका छन् ।

प्रचण्डले भने, ‘यहाँ आउँदा बाटोमै मलाई प्रधानमन्त्री केपी ओलीको फोन आयो । धेरै समयमपछि फोन आएको छ । तपाईंले के भन्न खोज्नुभएको हो, म एउटा कार्यक्रममा छु भनेँ । आज भेट्दा यहाँको बाटो बनाइदिनुस्, ठूलो काम हुन्छ भन्नेवाला छु ।’

आफू प्रधानमन्त्रीलाई भेट्नका लागि भन्दै प्रचण्ड पानी परिरहेका बेला कार्यक्रमस्थलबाट फर्किएका थिए ।

प्रकाशित मिति: Apr 16, 2021

प्रतिक्रिया दिनुहोस्