Logo
७ बैशाख २०८१, शुक्रबार
(April 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले डाके बालुवाटारमा सर्वदलीय बैठक, प्रचण्डलाई निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

बैठकमा निम्ता दिनकै लागि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेको बताइएको छ ।

प्रधानमन्त्रीको फोन आयो भन्दै ललितपुरको एक कार्यक्रमबाट हिडेका प्रचण्डसँग ओलीको पुनः टेलिफोनमै कुरा भएको छ । प्रधानमन्त्रीले भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिवार विहान ११ बजे प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक बोलाइएको पुष्टि गरे । त्यसै सन्दर्भमा प्रचण्ड लगायत आफूले कुरा गर्नुपर्ने नेताहरुसँग प्रधानमन्त्रीको कुराकानी भएको थापाले बताए ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढाल्न माओवादी केन्द्र र जसपाको बाबुराम उपेन्द्र पक्षको दबाबपछि कांग्रेस सभापति शेरवहादुर देउवाले पहल लिइरहेका बेला ओलीले राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।
लामो समयपछि हुन लागेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । यसबीचमा जसपाको महन्थ ठाकुर पक्ष प्रधानमन्त्रीसँग निरन्तर संवादमा छ । दुवै पक्ष सहमति नजिक पुगेका छन् ।
प्रदेशमा एमालेका मुख्यमन्त्रीहरुविरुद्ध अविश्वास प्रस्ताव आइरहेका बेला यो बैठक बोलाइएको हो ।

प्रकाशित मिति: Apr 16, 2021

प्रतिक्रिया दिनुहोस्