Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यराति चट्याङ पर्दा गाउँपालिका अध्यक्ष र वडाध्यक्षका घर ध्वस्त

ओखलढुंगाको लिखु गाउँपालिका-८ मा गएराति चट्याङ पर्दा गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र वडाध्यक्ष विशाल पौडेलका तीनवटा घर ध्वस्त भएका छन् ।

ठूलो हावाहुरीपछि मध्यराति १ बजे परेको चट्याङ आफ्नो घरको कोठामा परेपछि तीनवटा घर ध्वस्त भएको अध्यक्ष पौडेलले नेपाल प्रेसलाई बताए ।

टारकेराबारीस्थित गाउँपालिका अध्यक्षको घर र उनका सहोदार भाइ सोही वडाका वडाध्यक्ष विशालको घर एल आकारमा बनाइएका थिए । भूकम्पपछि बनेको अर्को एउटा नयाँ घर समेत चट्याङबाट क्षतिग्रस्त भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

मान्छे नसुत्ने भएकाले आफ्नो घरमा मानवीय क्षति नभएको र भाइको घरमा भागदौड हुँदा बुहारीको खुट्टा फ्याक्चर भएको उनले बताए । अध्यक्ष गोविन्द पौडेल भने गाउँपालिका केन्द्र यसममा बस्ने गरेका छन् ।

चट्याङ परेपछि आगलागी भएको थियो ।भन्ज्याङस्थित घरमा चट्याङपछिको आगलागीले घरभित्र रहेका नगद जिन्सी लगायत सबै भौतिक सामाग्री नष्ट भएको उनले बताए । ठूलो आवाजसहित परेको चट्याङ र आगलागीले स्थानीय वासिन्दा त्रासमा रात काट्न बाध्य रहे ।

प्रकाशित मिति: Apr 16, 2021

प्रतिक्रिया दिनुहोस्