Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारभित्र सामान्य प्रशासन मन्त्रालय अगाडी नासु आन्दोलनमा प्रहरी हस्तक्षेप, ४ कर्मचारी पक्राउ

प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र विभिन्न माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि बिहीबार विभिन्न मागसहितका प्लेकार्डसहित प्रदर्शन गरेका नासुहरूमाथि प्रहरीले हस्तक्षेप गरेको हो।

नासुहरूले शाखा अधिकृतको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्नेजस्ता माग राखेका छन्।

कुनै पनि पदबाट १२ वर्षसम्म बढुवा नभएमा स्वत: बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गरिनुपर्ने माग पनि छ। यस्तै यो व्यवस्था संघीय निजामति सेवाबाट प्रदेश तथा स्थानीय तहमा समायोजन भई गएका निजामती कर्मचारीका हकमा पनि लागू गर्नुपर्ने माग उनीहरूको छ।

यस्तो छ नासुहरूको माग :

१. रा.प. तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने।

तर कुनै पनि साविकको पदबाट अधिकतम १२ बर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने। यो व्यवस्था संघीय निजामती सेवाबाट प्रदेश तथा स्थानीय तहमा समायोजन भई गएका निजामती कर्मचारीको हकमा पनि लागू हुनुपर्ने।

२. निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुल्ला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउने विद्यमान निजामती सेवा ऐन, द्दण्द्धढ को व्यवस्था कायम हुनुपर्ने।

३. रा.प. प्रथम र रा.प. द्वितीय श्रेणीको खुल्लामा प्रतिस्पर्धा गर्न सम्बन्धित पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता भएको र निजामती सेवाको राजपत्र अनंकित पदमा रहेर ७ र ५ वर्ष काम गरेको भए योग्य हुन पाउनुपर्ने।

४. सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था हुनुपर्ने।

५. सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने।

प्रकाशित मिति: Apr 15, 2021

प्रतिक्रिया दिनुहोस्