Logo
७ बैशाख २०८१, शुक्रबार
(April 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऐतिहासिक सम्पदा धरहरा बैशाख ११ गते उद्घाटन गरिने

गोरखा भुकम्प गएको ६ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा बैशाख ११ गते उद्घाटन गरिने भएको छ ।

भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा उद्घाटन गरिने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उच्च स्रोतले जनाकारी दिएको छ ।

भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको प्राधिकरण स्रोतले बताएको छ । भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: Apr 13, 2021

प्रतिक्रिया दिनुहोस्