Logo
१३ बैशाख २०८१, बिहीबार
(April 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई पार्टी विघटनको दिशामा धकेलेको आरोपसहित नेपाल समुहको राजनीतिक प्रस्ताव

नेकपा एमालेको नेपाल समुहले आफ्नो तर्फबाट छुट्टै राजनीतिक प्रस्ताव तयार पारेको छ।

माधवकुमार नेपाल र झलनाथ खनाल समुहको चैत्र ४ र ५ गते सम्पन्न आफ्नो राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीका तर्फबाट नेता नेपालद्वारा प्रस्तुत तथा भेलाबाट पारित राजनीतिक प्रस्ताव तयार पारेको हो।

प्रस्तावमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी र आन्दोलनलाई विभाजन र विघटनको दिशातर्फ धकेल्दै लगेको गम्भीर अवस्थाबारे उल्लेख गरिएको छ।

ओलीको सामर्थ्य नै गुटबन्दी भएकाले अध्यक्ष भए पनि त्यसलाई निरन्तरता दिइएको पनि प्रस्तावमा उल्लेख गरिएको छ । पार्टीमा विकसित अवस्थालाई यो पक्षले असाधारण परिस्थितिको रुपमा व्याख्या गरेको छ।

नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यक्रमको विपक्षमा उभिएका ओली नेतृत्वमा आएकैले एमालेभित्र समस्या देखिएको नेता नेपालले बताएका छन् ।

प्रकाशित मिति: Apr 12, 2021

प्रतिक्रिया दिनुहोस्