Logo
१२ बैशाख २०८१, बुधबार
(April 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्काकी श्रीमतीलाई खोसेर लैजान यस्तो अनौठो मेला थाहापाउनुहोस् !

विश्वमा धरै प्रकारका भाषा र संस्कृतिका मानिसहरु बस्ने गर्छन् । हरेक जातजातीले आफ्नै भाषा संस्कृतिको विकास गरेका हुन्छन् । त्यही अनुसार समाजको पनि निर्माण गरेका हुन्छन् ।

कतिपय समाजमा संस्कृतिको नाउँमा कुसंस्कार विकास गरिरहेका हुन्छन् । बिश्वमा कति कुकुरसँग विवाह, कहि बेलसँग विवाह, कति भुतसँग विवाह, कहि पहिला रेप अनि विवाह जस्ता कुसस्कार परम्परा पनि विकास गरेको पाइन्छ ।

यस्ता सस्कारलाई हामी अझैपनि परम्पराको नाउमा अहिलेका पढेलेखेका मानिसहरुले पनि निरन्तरता दिइदै आइरहेको देखिन्छ । त्यस्तै आज हामी तपाईलाई एक अनौठो परम्पराबारे चर्चा गर्दै छौ ।

जहाँ पुरुषहरूले अर्काकी श्रीमतीलाई खोसेर लैजान पाउँछन् । र पछि समाजले त्यसलाई वैध ठहर गरेपछि विवाह गर्छन् ।पश्चिमी अफ्रिकाको बोदाब्बे जनजाति समुदायका मानिसहरुले अर्काकी श्रीमती खोसेर विवाह गर्ने यस्तो परम्परालाई मान्दै आएका छन् ।

यो परम्परा उनीहरुको पहिचानसँग जोडिएको छ । परम्पराअनुसार युवतीको पहिलो विवाह घरका मानिसहरुले इच्छाअनुसार हुन्छ । तर, दोस्रो विवाहका लागि पहिले उनीहरुलाई कुनै पुरुषले खोसेर लैजानुपर्छ ।

यस क्षेत्रमा लाग्ने गेरेवोल मेलाका दौरान युवकहरू अनुहारमा विभिन्न रंग पोतेर आउँछन् र महिलाहरुलाई रिझाउँछन् ।यसरी महिलाहरुलाई फकाइरहेका बेला उनीहरुका पतिले यो सबै देखेका छन् वा हैनन् भन्ने कुराको भने उनीहरुले हेक्का राखेका हुन्छन् ।

अर्थात्, पतिलाई पत्तो नै नदिई उनीहरुले महिलालाई फकाउँछन् । महिला राजी भएपछि उनीहरुलाई लिएर भाग्छन् ।

त्यसपछि समुदायकै मानिसहरुले उनीहरु विवाह गराइदिन्छन् । यस्तो खाले विवाहलाई यो समुदायले प्रेम विवाह भनेर स्विकार्ने गरेको छ ।

प्रकाशित मिति: Apr 12, 2021

प्रतिक्रिया दिनुहोस्