Logo
११ बैशाख २०८१, मंगलबार
(April 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोजगारी गुमाएकालाई यो चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ : गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाको कारण रोजगारी गुमाएकालाई सरकारले वेवास्ता गरेको बताएका छन् । साथै कोरोनाका कारण देशभित्र खुद्रा व्यापारदेखि पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएको बताएका छन्।

प्रतिनिधि सभा बैठकमा सोमबार शुन्य समयमा बोलेका थापाले भने, ‘यिनीहरूको पुनर्स्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ।’

‘जो नेपाल फर्केका छन्, उनीहरू फर्केर जान पाएका छैनन्,’ वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीले पनि रोजगारी गुमाएको सरकारी तथ्यांकले देखाउने उनले बताए।

उनले भने ‘यिनीहरूका बारेमा लगातार सरकारले वेवास्ता गरेको छ। फिलिपिन्सलगायत देशका सरकारले गरेजस्तो गरेको भए सायद यिनीहरूले कोरिया जान पाइसकेको हुन्थे’ ।

दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध कामदार करिब २ हजार महिनौंदेखि काठमाडौंमा अलपत्र रहेको उनले बताए।

भाषा परीक्षा उत्तिर्ण गरेकाहरूका सन्दर्भमा मन्त्रालयले ठोस काम गरेर सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनले बताए।

प्रकाशित मिति: Apr 12, 2021

प्रतिक्रिया दिनुहोस्