Logo
८ बैशाख २०८१, शनिबार
(April 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना किन यति धेरै फैलिदै छ भारतमा? एकैदिन १ लाख ७० हजार संक्रमति थपिए

पछिल्लो समयमा छिमेकी देश भारतमा कोरोना संक्रमण दरले दिनदिनै नयाँ रेकड बनाइरहेको छ । भारत कोरोना खोप उत्पाद गर्ने मुलुक मध्ये एक पर्छ तर पनि भारतमा पछिल्लो एक महिना यता कोरोना संक्रमण एकदमै फैलिरहेको छ ।

खोपको प्रभावकारीता कम भएर की मानिसको लार्पवाहीले फैलिरहेको छ यति धेरै कोरोना यसको अनुसन्धान गर्न जरुरी देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ७० हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो भारतमा कोरोना शुरु भए यताकै यति धरै व्यक्तिमा कोरोना पुष्टि भएको पहिलो पटक हो ।

केही दिन यता नयाँ कोरोना भाइरस फैलिने क्रम तीव्र रूपमा बढ्दो रहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आइतबार पनि भारतमा १ लाख ६९ हजार ८ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

आइतबार भारतको महाराष्ट्र राज्यमा ६३ हजार २ सय ७६ जनामा सङ्क्रमण देखिएको थियो भने नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा १५ हजार दुई सय ७६ जनामा सङ्क्रमण देखिएको थियो ।

आइतबार एकै दिन कोरोना सङ्क्रमणबाट नौ सय जनाको मृत्यु भएको थियो ।हालसम्म भारतमा कूल एक करोड ३५ लाख मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने बढ्ने क्रम पनि जारी नै छ ।

यसै गरी भारतभरिमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको कूल सङ्ख्या एक लाख ७० हजार रहेको छ ।

करिब १० करोड मानिसलाई कोरोना खोप पनि लगाइसकिएको छ ।भारतमा नयाँ कोरोना भाइरस फैलने क्रम तीव्र रहेकोले यसले नेपालमा पनि प्रभाव पार्ने देखिन्छ ।

दैनिक १ लाख भन्दा बढी जनामा कोरोना सङ्क्रमण फैलिनु भनेको स्वास्थ्य सङ्कट नै हो । यसका लागि नेपाल सरकारले बेलैमा सजकता अपनाउन आवश्यक देखिन्छ ।

 

प्रकाशित मिति: Apr 12, 2021

प्रतिक्रिया दिनुहोस्