Logo
७ बैशाख २०८१, शुक्रबार
(April 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को प्रदेश सभा बैठक आज बस्दैँ

प्रदेश २ को प्रदेश सभाको पाँचौ अधिवेशनको पहिलो बैठक आज बस्दैछ ।प्रदेश सभाको बैठक झण्डै ६ महिनापछि आज बस्न लागेको हो ।

६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसअघि ४ कात्तिकमा चौथो अधिवेशन अन्त्यको घोषणा गरिएको थियो ।

सोमबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयको पत्र पढेर सुनाउने र शुभकामना दिने कार्यसूची छ । अन्य कार्यसूचीबारे दलका नेताहरुसँग छलफल भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको बैठक आह्वान भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आ–आफ्नो दलको नेता परिवर्तन गरेका छन् ।

एमालेले आफ्नो दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुद्यन महतोलाई र माओवादीले भरत साहलाई चयन गरेको छ ।

प्रकाशित मिति: Apr 12, 2021

प्रतिक्रिया दिनुहोस्