Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । आज बस्ने  बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल गर्ने बताइएको छ ।

आजको बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पनि सहभागी हुने बताइएको छ ।  आसन्न महाधिवेशनका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बोलाएको हो ।

यसअघि २० चैतको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय गरेपनि कार्यान्वयन भएको छैन ।

यसअघि हिजो बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा एजेण्डा तय गरेको छ ।

प्रकाशित मिति: Apr 12, 2021

प्रतिक्रिया दिनुहोस्