Logo
१३ बैशाख २०८१, बिहीबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाले थाल्यो नयाँ सरकार गठनका विषयमा छलफल

जनाता समाजवादी पार्टी (जसपा)ले नयाँ सरकार गठनका विषयमा छलफल सुरु गरेको छ । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न राखेको प्रस्तावमाथि जसपाले आज छलफल गर्न शुरु गरेको हो ।

आइतबार जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक र राई र राजेन्द्र श्रेष्ठबीच नयाँ सरकार गठनका विषयमा छलफल गरेको हो ।

गएको शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा नेकपा माओवादी केन्द्र र जसपा नेताहरुको बैठक राखेर आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि प्रस्ताव राखेका थिए ।

त्यतिबेला स्पष्ट जवाफ नदिएका जसपा नेताहरु नयाँ सरकार गठनकै विषयमा छलफलमा जुटेको स्रोतले बताएको छ ।

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्