Logo
१५ चैत्र २०८०, बिहीबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ३०३ जनामा कोरोना पुष्टि, १ संक्रमितको मृत्यु

file photo

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको छ । सो कारण नेपालमा पनि कोरोना संक्रमितको संख्या बढी रहेको अवस्थामा पछिल्लो २४ घण्टामा थप ३०३ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

आइतबर ३१२५ जनामा पीसीआर परीक्षण गर्दा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको मन्त्रालयले जनाएको छ ।

आज थप १४१ जना कोरोना संक्रमित कोरोना भाइरस संक्रमणमुक्त भएर डिसचार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार २७ पुगेको छ ।

यस्तै आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्युहुनेको संख्या अहिलेसम्म ३ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्