Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै महंगो

काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य अहिलेसम्मकै महंगो भएको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको संघले बताएको छ । संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको छ । नयाँ मूल्य काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको संघले बताएको छ ।

यसअघि कुखुराको मासुको मूल्य संघले ४०० रुपैयाँसम्म तोकेको संघले जनाएको छ ।

मासुको खुद्रा बिक्रीकर्ताहरुका अनुसार मासुको बजार प्रति किलो मूल्य ४३० रुपैयाँ भन्दा धेरै छ । तयारी कुखुराको प्रतिकिलो मूल्य नै ३९० रुपैयाँ भन्दा धेरै होलसेलमा पर्ने गरेको काठमाडौंमासु व्यवसायीले बताए । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक साढे तीन लाख किलो ब्रोइलरको मासु खपत हुन्छ ।

जिउँदो कुखुराको मूल्य पनि हालसम्मकै उच्च भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यस अघि किसानले प्रतिकिलो अधिकतम २७० रुपैयाँमा पाउने जिउँदो कुखुराको भाउ अहिले २९० रुपैयाँ पुगेको अध्यक्ष बिसीले बताए ।

कोरोनापछि सबै व्यवसाय र क्षेत्रहरु पूर्ण रुपमा सञ्चालनमा आउँदा मासुको माग उच्च भएको व्यवसायीहरुले बताएका छन् । जाडोका कारण अहिले बजारमा आउनुपर्ने कुखुराको उत्पादन घट्नुको असर मूल्यमा परेको संघले बताएको छ ।

 

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्