Logo
७ बैशाख २०८१, शुक्रबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुम्भ मेला स्नानका लागि भारतको हरिद्वार पुगे ज्ञानेन्द्र

भारतमा १२ बर्षमा एक पटक लाग्ने कुम्भ मेलामा पूर्व राजा ज्ञानेन्द्र शाही स्नानका लागि आइतबार बिहान उत्तराखण्डको हरिद्वार पुगेका छन् ।

त्यसअघि उनले दक्षिणकाली मन्दिरको दर्शन गरेको स्रोतले जानकारी दिएका छन् ।  निरंजन पिठाधिश्वर कैलाशनन्द गिरीसँगै ज्ञानेन्द्रको शाही स्नान हुने जनाइएको छ। सोमबार ज्ञानेन्द्रले शाही स्नान गर्नेछन्। पिठाधिशसँगै स्नान गर्ने बताइएको छ।

कुम्भ मेलामा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्याबिनेटमा रहेकी ग्रामिण विकास राज्यमन्त्री साध्वी निरञ्जन ज्योती पनि हरिद्वार पुगेकी छन्।उनी भाजपाकी उनै नेतृ हुन् ।

यसैबीच तीन दिन अघि नयाँ दिल्ली पुगेका ज्ञानेन्द्र कुनै होटलमा नभई फार्म हाउसमा बसेको बताइएको छ। सो क्रममा भारतीय उच्चस्तरीय राजनीतिक व्यक्तित्वले भेटवार्ता गरेको बताइन्छ।

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्