Logo
४ बैशाख २०८१, मंगलबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारले नभएको बिकास गर्यौ भनेर देश र जनतालाई झुक्याइरहेको छ : प्रकाशमान सिंह

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीलाई संसदमा उभियर आफ्नो प्रयास सकारात्मक थियो संसद बिगटन जायज हो भनेर स्पस्टिकरण दिन चुनौती दिएका छन् । साथै सरकारले देश र जनतालाई झुक्याइरहेको बताएका छन् ।

नेपाल दलित संघको आयोजनामा आज काठमाडौमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले नभएको बिकास गर्यौ भनेर यो सरकारले जनतालाइ झुक्याउने गरेको बताएका हुन् ।

उनले भने, ‘यो सरकारले देश र जनतालाई झुक्याइरहेको छ । नभए को बिकास भयो भनेर जनताको मत र बिश्वास माथी खेलवाड गरि रहेको छ ।’ साथै नेता सिहले कम्युनिस्टहरुको मुखमा रामराम बगलिमा छुरा हुने गरेको पनि बताए । मुखले धेरै नै काम गरेको भन्ने तर बास्तबिकतामा त्यो नभएको उनको भनाइ थियो ।

सिंहले विभिन्न बहाना बाजि गरेर संसद् छल्न संसदको आवस्यकता नै छैनभन्दै हिडेको प्रति पनि कडा आपति व्यक्त गर्दै संसदमा उपस्थित हुन प्रधानमन्त्री लाई चुनौति समेत दिएका छन् ।

देशलाइ संकट पर्दा नेपाली काङ्ग्रेसले सधै देश र जनताको हितमा काम गर्ने गरेको भन्दै उनले अहिलेको अबस्थाबाट मुलुकलाई निकास दिलाउन पनि काङ्ग्रेसकै आफ्नो नेतृत्वको सरकार निरमाण मा प्रयास गरेको भन्दै यो कांग्रेस को रहर नभै मुलुक लाई निकास दिन बाध्यात्मक परिस्थिति आएको बताए ।

‘सरकार पुर्णतः असफल भैसक्यो,भष्ट्राचारमा लिप्त छ । यस्तो सरकारबाट देश र जनताको हितमा काम होला भनेर आश गरे कुनै ठाउँ छैन ।’ उनले भने ।

अब नया सरकार गठन गरेर मुलुकलाई अहिलेको अबस्थाबाट निकास दिई निस्पकक्ष चुनाब गराउने उनको भनाइ छ । साथै कांग्रेस पाटिको केन्द्रीय कार्यसमिति को निर्णय एउटा हुन्छ जिम्मेवार नेताहरु पाटि निर्णय भन्दा फरक आफुखुसि मनपरि कुरा गर्दै हिड्नु अचम्म को अवस्था रहेको भन्दै यसले जनताको नजरमा पाटिप्रति नकारात्मक प्रभाव परेको समेत बताएका छन् ।साथै उनले वास्तविक धरातलमा उभियर राजनीति गर्न समेत पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्