Logo
१३ बैशाख २०८१, बिहीबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाले सत्ता साझेदारीका लागि ओलीलाई साथ दिनसक्ने महतोको खुलासा

जसपाका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनसक्ने बताएका छन् । उनले जसपाको मागको सम्बोधन गरेमा ओलीलाई साथ दिन सकिने बताएका हुन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुरा गर्दै नेता महतोले ओलीसँग अहिले वार्ता चलिरहेको समेत बताए । उनले वर्तमान सरकारसँगै पनि जसपाको सत्ता साझेदारी हुनसक्ने बताए ।

जुन पार्टीले जसपाका मुद्धा सम्बोधन गर्छ त्यसैसँग सत्ता साझेदारी हुन्छ, महतोले भने ।  पार्टीले सत्ता समिकरणबारे आधिकारिकरुपमा निर्णय नगरिसकेकाले अहिले नै कोसँग सहकार्य हुन्छ भन्नेबारे अनुमान गरिहाल्न नसकिने बताए ।

सत्ता समिकरणको विषयलाई लिएर जसपा पार्टी नफुट्ने पनि नेता महतोले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तीन दलको सत्ता समिकरणको प्रयास भइरहँदा महतोको भनाई आएको हो । रिपोर्टस नेपाल

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्