Logo
१२ बैशाख २०८१, बुधबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ घाइते

चितवनमा गाडी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ७ घाइते भएका छन् । उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका-१ बस्ने ४५ वर्षीय सूर्य खाती र भरतपुर-४ बस्ने ५० वर्षीय राजेन्द्र दमाई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आइतबार विहान ९ बजे भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी अनियन्त्रित भई सडकको कल्भर्टबाट खाल्डोमा खसेको थियो।

घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लमजुङको दोर्जि गाउँपालिका-३ वस्ने ३१ वर्षीय विनोद गुरुङ र रसुवाको कालिका-२ बस्ने १९ वर्षीय प्रदिप घिमिरेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

त्यस्तै, म्याजिक चालक भरतपुर-१९ शारदानगर बस्ने ३५ वर्षका रमेश थापाको दुबै खुट्टा भाँचिएर चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भरतपुर-६ बस्ने ४७ वर्षीया शारदा परियार, भरतपुर-२१ पार्वतिपुर बस्ने ४८ वर्षीया कुमारी बिक, भरतपुर-१९ शारदानगर बस्ने ३२ वर्षीया बबिता गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्