Logo
७ बैशाख २०८१, शुक्रबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरमा विको सहनीको हत्या, माइला छोरा फरार

प्रदेश नं १ स्थित मोरङको विराटनगरमा एकजना पुरुषको हत्या भएको छ ।शनिबार राति विराटनगर महानगरपालिका-८ बलुवाइका ५२ वर्षीय विको सहनीको हत्या भएको हो ।

घरायसी झगडामा छोराले नै सहनीको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माइला छोरो रवि सहनी शनिबारदेखि नै फरार छन्।प्रहरीका अनुसार सहनीको माइला छोरासँग विवाद भएको थियो ।

घरायसी झगडामा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको हो ।

मृतकको घाँटीमा धारिलो हतियारले प्रहार गरेको चोट छ । प्रहरीले रविको खोजी जारी राखेको छ भने हत्याको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।

 

 

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्