Logo
७ बैशाख २०८१, शुक्रबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिस्केट जात्राको रथ तान्ने क्रममा र ढुङ्गा हानाहान हुँदा १९ जना घाइते

बाग्मती प्रदेश स्थित भक्तपुरमा बिस्केट जात्राको रथ तान्दा १९ जना घाइते भएका छन् । हिजोदेखि सुरु भएको बिस्केट जात्रामा भैरबको रथलाई तान्ने क्रममा रथबाट झर्दा, रथ तान्ने क्रममा र ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका हुन् ।

राती ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेको केहि घाइते भएका प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । ढुङगा हानाहान भएपछि रथलाई आज बिहान मात्रै गःहिटी पुर्याइएको छ ।

आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । रथबाट खसेर ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षका दिपेश साँगाछें घाइते भएका छन् ।

त्यस्तै रथ तान्ने क्रममा मनिष सिन्ताकल, रमेश माता, अमिक त्वायना, सुनिल भुजेल घाइते भएको प्रहरीले जानकारी दिएको छ । अरु घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत उपचारपछि घर फर्किएका छन् ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले छिटपुट घटना भएका र तोकिएका आवश्यक व्यक्तिहरूबाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा रथमा नचढ्न पनि आग्रह गरे ।

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्