Logo
१५ चैत्र २०८०, बिहीबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रसको पदाधिकारी बैठक बस्दै, सत्ता समिकरणको लागि थप रणनीति तय गर्ने

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेपछि बैठक बस्ने पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको पनि सहभागिता रहने छ । आजको बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुने भएको छ ।

आजको बैठकमा बैठकमा १४ औं महाधिवेसनलाई केन्द्रबिन्दुमा राखेर नेताहरुबीच छलफल हुनेछ । साथै माओवादी केन्द्र र जसपासँग सत्तासमिकरणका लागी भइरहेको छलफलको समिक्षा तथा थप रणनीति तय गर्ने जनाइएको छ ।सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न सभपाति देउवाले बैठक बोलाएका हुन् ।

 

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्