Logo
७ बैशाख २०८१, शुक्रबार
(April 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाईसियलले प्रदेश २ का आठ जिल्लामा ३२ हजार सदस्य थप्दै

प्रदेश २ का आठ जिल्लामा नेकपा माओवादी केन्द्रको भातृसंगठन वाईसियल नेपालले ३२ हजार नयाँ युवा आफ्नो संगठनको सदस्य वितरण गर्ने भएको छ ।

बाईसियलले त्यसका लागि जिल्ला जिल्लामा प्रशिक्षण कार्यक्रम चलाउँदैं छन् । वाईसियल नेपाल प्रदेश २ का ईन्चार्ज शंकर महतोका अनुसार पुराना सदस्यहरुलाई नविकरण गर्दै थप नयाँ ३२ हजार सदस्यता वितरण गरि टोल, वडा, पालिका, जिल्ला कमिटीको भेला सम्मेलन गर्दै आउँदो जेष्ठ महिनाको ६ र ७ गते प्रदेश सम्मेलन मार्फत नयाँ कमिटी र नयाँ नेतृत्व निर्माण गर्नका लागि अभियानमा लागेको जानकारी दिएका छन् ।

वाईसियल नेपालले प्रदेश नम्बर २ को भष्ट्राचार, प्राकृतिक श्रोतको दोहन, कुसंस्कार, लागुऔषध दुव्र्यसनी, कुरितीको विरुद्धमा युवालाई जागृत गराउने कामलाई तिब्रता दिएको छ ।

भ्रष्टाचार, दोहन विरुद्ध लड्न नेपाली जनताले बलिदानी पूर्ण संघर्षबाट प्राप्त गरेको उपलब्धीहरुलाई रक्षा तथा संरक्षण गर्दै बाँकी उपलब्धीका लागि थप संघर्षशिल बनाउन अभियान चलाएको उनले बताए ।

प्रकाशित मिति: Apr 9, 2021

प्रतिक्रिया दिनुहोस्