Logo
१२ बैशाख २०८१, बुधबार
(April 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको हटस्पट बन्यो भारत, एकैदिन थपिए १ लाख ३१ हजार नयाँ संक्रमित

छिमेकी देश भारतमा पछिल्लो सयमामा कोरोनाको हटस्पट बनेको छ । भारतमा अघिल्लो कोरोना संक्रमणको लहर भन्दा दोस्रो लहरले बढी प्रभाव पारेको देखिएको छ ।

अहिले भारतमाकोरोना संक्रमितको दिनै विच्छे नयाँ रेकड बनेको छ । बुधवार १लाख २६ हजार नयाँ कोरोना संक्रमित थपिएकोमा फेरि बिहिबार १ लाख ३१ हाजार जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमितको रेकर्ड हेर्दा भारतले दिनकै संसारमा नयाँ रेडक कायम गरीरहेको छ । २४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमित व्यक्ति फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ अर्थात् हरेक १ सय जनामा ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच भारतको राजधानी नयाँदिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । यी डाक्टरहरुले कोरोना खोप लगाइसकेका थिए ।

संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

प्रकाशित मिति: Apr 9, 2021

प्रतिक्रिया दिनुहोस्