Logo
१२ बैशाख २०८१, बुधबार
(April 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य मन्त्रालयद्वारा विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस

कोभिड-१९ को संक्रमण बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ।

कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो ।

विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

गौतमले भने ‘अहिले विद्यालय बन्द गर्नुपर्छ। पठनपाठन गर्ने हो भने अनलाइनबाट गर्नुपर्छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्छ।’

उनले भने ‘विद्यालयलगायत बन्द गर्न सिसिएमसीमा सिफारिस गरेका हौं । बुधबार नै निर्णय गरेर सिसिएमसीमा पठाइएको छ’ ।केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन गर्दै आएका छन् ।

दोस्रो लहरको कोभिडको महामारी आएको र यो थप फैलन सक्ने भएकाले सतर्कता अपनाउन लागिएको मन्त्रालयको जनाएको छ ।

पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको छ। हिजो मात्र नेपालमा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: Apr 9, 2021

प्रतिक्रिया दिनुहोस्