Logo
७ बैशाख २०८१, शुक्रबार
(April 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चद्वारा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने रिट दर्ता गर्न अस्वीकार

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको छ । सर्वोच्च प्रशासनको दर पीठ आदेशलाई न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले पनि हिजो सदर गरेको हो ।

इजलासले दर पीठ सदर गरेसँगै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने वा नपर्ने विषयमा न्यायिक परीक्षण नहुने भएको छ । प्रशासनको दर पीठ आदेशलाई इजलासले पनि सदर गरेको निवेदक कीर्तिनाथ शर्मा पौडेलले बताए ।

इजलासबाट दर पीठ सदरसँगै न्यायिक परीक्षणको विकल्प बन्द भएको छ ।सर्वोच्चले फागुन २३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फरक-फरक दल हुने फैसला गरेपछि सत्तारूढ दल विभाजित भएको थियो तर सत्ता समर्थक माओवादी केन्द्रले समर्थन भने अझै सम्म फिर्ता लिएको छैन ।

दल विभाजित भएपछि विश्वासको मत लिनुपर्ने जिकिर निवेदक पौडेलले दिएका थिए ।

प्रकाशित मिति: Apr 9, 2021

प्रतिक्रिया दिनुहोस्