Logo
१२ बैशाख २०८१, बुधबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युगान्डाकी गायिका वियोन्सले फेरी अर्को नेपाली गीत गाउँदै

बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीसँग नयाँ गीत गाउने भएका छन् ।

पछिल्लो सयमा ‘फुलबुट्टे सारी’ गीत गाएर यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासी चर्चामा आएकी थिइन् । श्रेष्ठले बिहिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै वियोन्ससँग नयाँ गीत गाउने तयारी गरेको जानकारी दिएका हुन् । ‘हामीले गाएको गीत ‘फुलबुट्टे सारी’ वियोन्सले पनि गाइन् ।

त्यसपछि यो गीतले अन्तर्राष्ट्रिय करणको रुप लिएको महसुस गरिएको छ’ श्रेष्ठले अगाडि लेखेका छन् ‘अब वियोन्स र म मिलेर अर्को एउटा युगल गीत गाउने तरखरमा छौं ।’ श्रेष्ठले वियोन्स तरुनीसँग आफ्नो स्वर मेल खाला कि नखाला भनेर समेत चिन्ता गरेका छन् ।

यो गीतको पहिलो भर्सन गायिका मेलिना नेवारको स्वरमा आएको थियो । जसमा शब्द तथा संगीत राजराज शिवाकोटीको रहेको थियो ।

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्