Logo
८ बैशाख २०८१, शनिबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डियन आइडलका लोकप्रीय प्रतियोगी पवनदीपरा जनलाई कोरोना संक्रमण

अहिले भारतमा कोरोना संक्रमण एकदमै फैलिएको छ । कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहर भारतमा छिटो फैलिरहेको छ । हिजो बुधबार मात्रै १ लाख २६ हजार नयाँ कोरोना संक्रमित थपिएको थियो ।

भारत जुन अहिले विश्वमा कोरोना संक्रमित फैलिने १ नं मा परेको छ । त्यस्तै कोरोनाको दोस्रो लहरले भारतीय कलाकारलाई पनि बढी प्रभाव पारिरहेको छ ।

अहिले धेरै बलिउड अभिनेता अभिनेत्री पनि कोरोना संक्रमित बन्न पुगेका छन् । त्यस्तै भारतिय टेलिभिजन क्रमीहरु कलाकार थुपै कोरोना संक्रमित भइरहेका छन् ।

त्यस्तै इन्डियन आइडलको जारी सिजनका लोकप्रीय प्रतियोगी पवनदीप राजनलाई कोरोना भाइरसको संक्रमण भएको छ । इन्डियन आइडलका होस्ट आदित्य नारायणलाई कोरोना भाइरसको संक्रमण भएपछि सबैको परीक्षण गर्दा पवनदीपमा संक्रमण पत्ता लागेको हो ।

भरतीय मिडिया एबीपी न्यूजले विश्वस्त स्रोतको उल्लेख गर्दै पवनदीप राजनलाई संक्रमण भएको लेखेको छ । संक्रमित पवनदीप होटलमै क्वारेन्टाइनमा छन् ।

पवनदीप संक्रमित भएपछि बाँकी प्रतियोगितामा तरंग आएको छ । पवनदीप इन्डियन आइडल सिजन १२ को उपाधिका मुख्य दाबेदार छन् । उनी गायन र वाद्यवादनसहित बहुमुखी प्रतिभाका कारण चर्चामा छन् ।

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्