Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गगनलाई मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिँदैन भनेर हिम्मतसाथ बोल्न बस्नेतको चुनौती

नेकपा एमालेका सांसद् महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा सडक चाहिँदैन भनेर हिम्मतसाथ भन्न कांग्रेस सांसद गगन थापालाई चुनौती दिएका छन् ।साथै बस्नेतले रानीपोखरी बन्दा र धरहरा ठडिँदा किन टाउको दुःखेको भन्दै थापालाई प्रतिप्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बस्नेतले  भने, ‘एउटा सांसद भौतिक पूर्वाधार मन्त्रालयमा धाएर त्यसमा सडक प्रस्तुत गर्छ । मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिँदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ बोल्नुहोस् होइन भने यसको विरोध गर्नुको कारण जनताले महसुस गरेका छन् ।’

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बस्नेतले भने ‘रानीपोखी बेनको कुराले किन हाम्रो टाउको दुख्दै छ, धरहरा ठडिएको कुराले किन हाम्रो टाउको दुख्दै छ?,एक दिनमा ३ सय ४६ अस्पताल शिलान्यास भएको कुराले किन हाम्रो टाउको दुख्दैछ ?’

आजकै बैठकमा कांग्रेस सांसद थापाले सरकारले कुनै हिसाब-किताब विनै शिलान्यास गरेर तामासा देखाएको अरोप लगाएका थिए।

बिना कुनै डिपिआर १सय ६५ वटा रणनीतिक सडकको शिलान्यास गरेको भन्दै उनले प्रधानमन्त्रीमाथि व्यंग्य समेत गरेका थिए। थापाले भने, ‘१ सय ६५ वटा सडक मात्रै किन शिलान्यास रु एकैपटक १६ सय गरिदिम यत्तिको बलियो प्रधानमन्त्री भएका बेला।’

संसदमा प्रधानन्त्रीको अनुपस्थिति रहेको भन्ने प्रश्नको पनि बस्नेतले जवाफ दिए ।उनले प्रधानमन्त्री तीनपटक संसद बैठकमा आइसकेको जानकारी समेत गराए ।

‘म स्मरण गराउन चाहन्छु, बैठक एक महिनाको दौरानमा ६ पटक बस्यो । २३ गते प्रधानमन्त्री आएर एक घण्टा बसेर फर्किनुभयो । दोस्रो बैठकमा ४५ मिनेट बसेर फर्किनुभयो । तेस्रो बैठकमा तीस मिनेट बसेर फर्किनु भयो ।’

उनले प्रधानमन्त्री आउँदा बैठक बस्न आलटाल गरेको अरोप समेत  लगाए ।

 

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्