Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई गगनको चुनौती : ‘संसदमा तथ्य र तथ्यांकमा टेकेर बहस गर्न आउनुहोस्’

नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रिय गौरवका आयोजना थला परेर बसेको तर प्रधानमन्त्री गफ चुटेर बसेको अरोप थापाले लगाएका छन् ।

उनले आजको प्रतिनिधि सभाको बैठकमा सरकारले बिना कुनै तयारी र लहडको भरमा विकास आयोजनाको शिलान्यास गरेर तमासा गरेको आरोप लगाएका हुन् ।

‘राष्ट्रिय गौरवका आयोजना थला परेर बसेका छन्,’ थापाले भने, ‘गर्नु पर्ने काम गरेको छैन्, मिथ्यांक ल्याएको छ। गफ चुटेको छ, बसेको छ । यो भयो भनेको छ ।’

मिथ्यांक मात्रै पेस गरिरहेको भन्दै तथ्यांकमा टेकेर बहस गर्न संसदमा आउन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्ता समेत दिए।

उनले भने, ‘प्रधानमन्त्रीज्यू तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तिो दिन चाहान्छु । चुनौती दिन चाहान्छु ।’

बिना कुनै डिपिआर १सय ६५ वटा रणनीतिक सडकको शिलान्यास गरेको भन्दै उनले प्रधानमन्त्रीमाथि व्यंग्य समेत गरे।थापाले भने, ‘१ सय ६५ वटा सडक मात्रै किन शिलान्यास रु एकैपटक १६ सय गरिदिम यत्तिको बलियो प्रधानमन्त्री भएका बेला।’

 

 

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्