Logo
१३ बैशाख २०८१, बिहीबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदले काम गर्न नसकेको दोष सरकारको भन्दा सभामुखको बढी हुन्छ : लालबाबु पण्डित

नेकपा एमालेका सांसद लालबाबु पण्डितले संसदले काम गर्न नसकेको दोष सरकारको भन्दा सभामुखको बढी हुने बताएका छन् ।

उनले आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्द संसदले काम गर्न नसकेको दोष सरकारको भन्दा सभामुखको बढी हुने बताएका हुन् ।

‘संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने, संसदको पदाधिकारी सभामुखमाथि पनि प्रश्न उठ्छ’ उनले भने, ‘सरकारमाथि मात्र प्रश्न उठ्दैन ।’

संसदमा आएका विधेयक र सन्धि सम्झौताहरु अगाडि बढाउन कुन पार्टी र कुन मन्त्रीले रोकेको छ भन्दै सांसद पण्डितले कुनै बाधा अवरोध भए संसदलाई जानकारी गराउन आग्रह गरे ।

संसदको अगुवाइ कुशलतापूर्वक भएन भने प्रधानमन्त्री र मन्त्रीलाई दोष लगाएर उम्किन नमिल्ने सांसद पण्डितले बताए

‘एकतर्फी रुपमा सरकारले काम दिएन, संसदको काम छैन, जनताका समस्या सरकारले बुझ्न सकेन भन्यो भने के हुन्छ, पूर्वाग्रह भन्दा केही हुँदैन’ उनले भने ।

उनले विधेक अगाडि बढाउन, सन्धि सम्झौतका प्रस्ताव अगाडि बढाउनका लागि आग्रह गरेका छन् । साथै यी सबैकुरामा सभामुले विशेष भुमिका निभाउन अनुरोध गरेका छन् ।

 

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्