Logo
१५ चैत्र २०८०, बिहीबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा आगोसरी फैलिदैँ कोरोना, एकैदिन थपिए १ लाख २६ हजार संक्रमित

छिमेकी देश भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा दैनिक नयाँ संक्रकितको रेकर्ड हेर्दाखेरी संसारकै पहिलो स्थानमा देखिएको छ ।

पहिलो लहरमा सबैभन्दा कोरोना फैलिने देशको तेस्रो स्थानमा रहेको थियो भने अहिलेको कोरोना लहर हेर्दा झनै विकराल स्थिति देखिएको छ ।

भारतमा हरेका दिन कोरोना संक्रमितको नयाँ रेकर्ड बनिरहेको छ ।हिजो बुधबारमात्रै भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ।

गत वर्ष कोरोना भाइरसको पहिलो लहर चल्दा पनि भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएका थिएनन्।मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ।

बुधबारमात्रै त्यहाँ ६ सय ८५ जना संक्रमितको मृत्यु भएको छ। यो गत नोभेम्बर ४ यताकै सबैभन्दा धेरै हो।पछिल्लो एक महिनादेखि भारतमा संक्रमणको दर उकालो लागेको हो।

अघिल्लो साता भारतले दैनिक संक्रमणमा ब्राजिल र अमेरिकालाई पछि पारेको थियो। बुधबार ब्राजिलमा ९० हजार र अमेरिका ७५ हजार मानिसमा कोरोना संक्रमण भएको छ।

संक्रमणतीव्र भएसँगै भारतमा सक्रिय संक्रमितको संख्या पनि बढेको छ।भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ।

कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान थालेपछि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ।

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्