Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सूचना प्रविधि केन्द्रले करारमा माग्यो १३ कर्मचारी

राष्ट्रिय सूचना प्रविधि केन्द्रले करार सेवाका लागि कर्मचारीको लागि दरखास्त भाग गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना तथा प्रविधि केन्द्र र अन्तर्गत कार्यालयका लागि करार सेवामा प्राविधिक कर्मचारी माग गरिएको हो ।

करार सेवामा काम गर्न इच्चछुक योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकासित भएको मितिले सात दिनभित्र राष्ट्रिय अनुसन्धान केन्द्र सिंहदरबारमा आवेदन पेश गर्न सूचनामा भनिएको छ ।

सूचना प्रविधि निर्देशक एक जना, कम्प्युटर इन्जिनियर ४ जना, इलेक्ट्रिकल इन्जिनियर एक जना, सिस्टम एडमिनिस्ट्रेटर दुई जना, इलेक्ट्रिकल टेक्निसियन एक जना, कम्प्युटर टेक्निसियन दुई जना र कम्प्युटर अपरेटर दुई जना गरी १३ जनाको माग भएको छ ।

दरखास्त फाराम केन्द्रको वेबसाइटमार्फत डाउनलोड गरी भर्नुपर्ने छ । परीक्षाको किसिम अन्तर्वार्ता मात्रै रहेको जनाइएको छ ।

थप जानकारीको लागि तल सूचनामा हेर्नुहोस् :

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्