Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रात्रीकालीन व्यवसायहरू राति ९ बजेपछि बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि कडाइका साथ बन्द गर्न निर्देशन दिएको छ ।

बुधबार सूचना जारी गर्दै जनस्वास्थ्य मापदण्डको उल्लंघन बढ्दै गएको र बेलायत भेरियन्टको बढ्दो संख्यामा ध्यान राख्दै मास्क प्रयोग नगर्नेलाई कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

मन्त्रालयले शैक्षिक संस्थाहरूमा पनि संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरूमा कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।

त्यसैगरी संक्रमणको अवस्था हेरी ठूला सहरमा ५ सय भन्दा बढी र साना सहरमा १ सय भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवगमनमा कडाइ गर्न निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए ।

त्यसैगरी संक्रमण बढी जोखिम हुन सक्ने स्थानहरुमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्