Logo
१५ चैत्र २०८०, बिहीबार
(April 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर आज पत्रकार महासंघको निर्वाचन : सयौं उम्मेदवार चुनावी मैदानमा, केएमको चौतर्फी चर्चा

नेपाल पत्रकार महासंघको आज बुधबार देशभर निर्वाचन हुँदैछ । महासंघको सबै प्रतिष्ठान र शाखामा आवद्ध हरेक सदस्यले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत नयाँ नेतृत्व चुन्न लागेका हुन् ।

मतदान मार्फत महासंघको प्रतिष्ठान समिती, जिल्ला शाखा, प्रदेश समिति, केन्द्रिय समिति र प्रदेश तथा केन्द्रिय परिसद सदस्य चुनिनेछन् ।

एसोसिएट समिति सहित २१ सदस्यीय जिल्ला समिती, २१ सदस्यीय प्रदेश समिती, ५१ सदस्यीय केन्द्रिय समिति र शाखाको सदस्यीयताका अधारमा प्रदेश तथा केन्द्रिय परिषद सदस्य चुनिनेछन् ।

उक्त पदहरुका लागि सयौं उम्मेदवार चुनावी मैदानमा छन् । स्वतन्त्र समेत दुई प्यानलको प्रतिस्पर्धा कडा देखिएको छ ।

यसैबीच निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेण्टर, प्रेस मंच, प्रगतिशील पत्रकार सङ्घ लगायतका पत्रकार संगठनहरुले आह्वान गरेका छन् ।

मुख्य त २ गठबन्धनमा चुनावी संग्राम देखिएका महासंघको निर्वाचनमा निर्मला शर्मा र बिपुल पोखरेलको टिम चुनावी प्रतिस्पर्धामा छन् । त्यसैगरी गजेन्द्र बुढाथोकी स्वतन्त्रबाट अध्यक्ष पदको दावेदारका रूपमा छन् ।

यसैगरी राष्ट्रवादी छवीका साथ देशभर छुट्टै पहिचान बनाएका पत्रकार बीरेन्द्र केएम उम्मेदवारहरु मध्ये सबैभन्दा चर्चित अनुहार बनेका छन् ।

उनको प्रतिस्पर्धामा थप ३ जनाले उम्मेदवारी दिएतापनी अन्यको खासै चर्चा भने देखिएको छैन । अन्य पदाधिकारी उम्मेदवार भन्दा पनि बढी चर्चा उनको देखिएको छ ।

१९ वर्षदेखीका क्रियाशिल पत्रकारितामा रहँदै हाल नागरिक टाईम्सका सम्पादक समेत रहेका केएमले आफू महासंघ राजनीति जुनियर भएकोले केन्द्रिय सदस्यबाट राजनीतिक यात्रा थालेको बताएका छन् ।

उनले देशभरबाटै मत आउनु पर्ने तर मधेशीबीच मात्र प्रतिस्पर्धा हुने केन्द्रिय सदस्य (मधेशी) पदमा उम्मेदवारी दिएका छन् ।

आफू मधेशी समुदायका नेपाली नागरिक भएकाले सुरुवातमा मधेसी मध्येका उत्कृष्ट बनेपछि मात्र खुला राजनीतिमा आउने उनले बताएका छन् ।।

प्रकाशित मिति: Apr 7, 2021

प्रतिक्रिया दिनुहोस्