Logo
६ बैशाख २०८१, बिहीबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कलंकीको कस्मेटिक कम्पनी र गोदाममा प्रहरीको छापा

काठमाडौंको कलंकीमा रहेको एक कस्मेटिक उत्पादन कम्पनी र सो कम्पनीको गोदाममा प्रहरी र बाणिज्य विभागको टोलीले छापा मारेको छ ।

मेहन्दी हबिब, काला-कोला, हिनाजलगायत उत्पादन कम्पनीमा वाणिज्य विभाग र महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेको हो।

ट्रेड मार्क खारेज भइसकेको कम्पनीले गैरकानुनी रूपमा मेहन्दीलगायत कस्मेटिक सामग्री उत्पादन तथा प्याकेजिङ गरी बजार पठाइरहेको सूचनाका आधारमा छापा मारेर गोदामहरूमा सिल गरिएको प्रहरीले जनाएको छ।

भारतीय कालाकोला ब्राण्डको मेहन्दी र ब्राण्ड दुरुपयोग गरेर नक्कली कस्मेटिक सामाग्री बनाएर बेच्ने कम्पनी र गोदाम छापा मारिएको अपराध महाशाखाले जनकारी दिएको छ ।

सक्कली कम्पनीको प्याकेटमा राखेर कमसल सामान बेच्ने ३३ वर्षीय चेतन गोयललाई प्रहरीले पक्राउ गरेको छ ।

०७३ मा दर्ता खारेज भएको ट्रेडमार्कमा गोयलले निर्वाध रुपमा सामान उत्पादन गरेर बेच्ने गरेका थिए । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महाशाखाले कलंकी स्थित उनको ३ तले घरमा रहेको कारखाना सिल गरेका छन् ।

ती कम्पनीले भारतबाट सामग्री ल्याएर प्याकेजिङ गरी सामान बजार पठाइरहेका थिए।मेहन्दी, फेस क्रिमलगायत फेन्सी आइटमको गुणस्तर र लेबल पनि परीक्षण नभएको पाइएको जानकारी दिएको छ ।

गोयलले करोडौंको कस्मेटिक सामाग्री भारतमा उत्पादन भएको भनेर नेपाली बजारमा पठाउने गरेका थिए । उनले १० प्रकारका कस्मेटिक सामग्री उत्पादन गरेर बेच्ने गरेको पाइएको छ ।

यसबारे विभागले थप अनुसन्धान गर्ने प्रहरीले बताएको छन् ।

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्