Logo
८ बैशाख २०८१, शनिबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल समूहले बनायो अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बागमती प्रदेश समानान्तर कमिटी

नेकपा एमालेको नेपाल समूले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ ।

उक्त समूहले बल्खुस्थित एक पार्टी प्यालेसबाट बागमति प्रदेशमा शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने भएको छ।

नेपाल समूहले केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको छ । जसको सहसंयोजकमा केदार न्यौपाने, अरूण न्यौपाने र पशुपति चौलागाई छन् भने सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत छन्। सचिवमा रचना खड्का रहेकी छन् ।

सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल–माधव नेपाल पक्षले समानान्तर ढङ्गले गतिविधि गर्दै आएका छन्।

खनाल-नेपाल पक्षले यसअघि नै पार्टी सुदृढिकरण अभियान अन्तरगत तीन महिने कार्यक्रम घोषणा गरिसकेको छ । एमालेका अध्यक्ष केपी शर्माओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाउदैँ आएको छ । पछिल्लो समयमा ओलीले माधव नेपाल भीम रावल सहित ४ नेतालाई निलम्वन गरेका छन् । त्यसपछि झन यो समूहले चर्को विरोध र आलोचना गर्दै आएका छन् ।

 

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्