Logo
३ बैशाख २०७८, शुक्रबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल समूहका तीन विद्यार्थी नेतालाई अनेरास्ववियूले गर्‍यो कारवाही

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले नेपाल पक्षका ३ जना विद्यार्थी नेताहरुलाई कारवाही गरेको छ ।

अनेरास्ववियूका अध्यक्ष ऐन महरले कमिटीका अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष वसिम आलम र महासचिव आरती लामालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेका हुन्।

संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेकोले कारवाही गरिएको विज्ञप्तिमा उल्लेख गरेका छ ।लामासहित खनाल-नेपाल समूहका विद्यार्थीहरूले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए।

तीन दिनभित्र स्पष्टीकरण दिन भनिएपनि २४ घण्टासम्म कुनै जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्