Logo
१३ बैशाख २०८१, बिहीबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली सरकार : एमालेका तीन मन्त्रीले राजिनामा दिँदै

कर्णाली प्रदेश सरकारमा रहेका तिन मन्त्रीले आज सामुहिक राजीनामा दिदैँ छन् ।

आज मंगलबार दिउँसो एक बजे बस्ने संसदीय दलको बैठक अगाडि एमालेबाट मन्त्री भएका सामाजिक विकास मन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले राजीनामा दिन लागेका हुन् ।

कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा एमाले फिर्ता लिएसँगै आफ्ना तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

यद्पि हिजो मन्त्री प्रकाश ज्वालाले एक मिडियाँमा आफूहरुले आज राजीनमा दिदैँछौ भनेर बताएका थिए तर उनीहरुले आज राजीनमा दिदै छन् ।

४० सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ । तर २० जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्