Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको महाराष्ट्रमा कोरोना संक्रमण फैलिएपछि रात्रिकालीन कर्फ्यु

छिमेकी देश भारत पछिल्लो समयमा कोरोना संक्रमणको हटस्पट बन्दै गइरहेको छ । सो भारतको महाराष्ट्र राज्य सरकारले कोरोना संक्रमण फैलिएपछि रात्रिकालीन कर्फ्यु लगाएको छ ।

कर्फ्यु राति आठ बजेदेखि बिहान सात बजेसम्म लागु हुने छ भने सप्ताहान्तमा पूर्णरुपमा लकडाउन हुने छ । नयाँ संक्रमित उल्लेख्य संख्यामा थपिँदै गएपछि महाराष्ट्र सरकारले अत्यावश्यक सेवालाई मात्र जारी राख्ने निर्णय गरेको छ ।

यसैगरी सरकारी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारीहरुलाई मात्रै बोलाउन, सकेसम्म घरमै बसेर काम गर्न र सार्वजनिक सवारी साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न अपील गरिएको छ ।

रेष्टुरेन्टमा ग्राहकहरुले बसेर खान पाउने छैनन् । उनीहरुले खाना प्याक गरेर घरमै लगेर खानुपर्ने नियम बनाइएको छ । यी नियमहरु अप्रिल ३० तारिखसम्म लागु हुने महाराष्ट्र सरकारले जानकारी दिएको छ ।

आइतबार सार्वजनिक गरिएको २४ घण्टाको कोरोना परीक्षण रिपोर्टमा भारतमा ९३ हजार बढीमा संक्रमण पुष्टि भएको थियो । सो संख्याको आधाभन्दा बढी संक्रमित महाराष्ट्र राज्यका थिए ।

यसबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेषज्ञ टोलीलाई महाराष्ट्र जान र संक्रमण तीव्र रुपमा फैलिनुको कारण पत्ता लगाउन भनेका छन् ।

 

प्रकाशित मिति: Apr 5, 2021

प्रतिक्रिया दिनुहोस्