Logo
१३ बैशाख २०८१, बिहीबार
(April 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्दियामा गैँडा गणनामा खटिएका एक कर्मचारीको बाघको आक्रमणबाट मृत्यु

लुम्बिनी प्रदेश स्थित बर्दियामा बाघको आक्रमणबाट गैंडा गणना गर्न गएका एकजना कर्मचारीको मृत्यु भएको छ

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गैँडा गणना गर्न खटिएका एक कर्मचारीको मृत्यु भएको हो । बाघको आक्रमणमा परी ज्यान गुमाउनेमा गुडगाव बस्ने ३४ वर्षीय पुलीसराम थारू रहेको प्रहरीले जनाएको छ ।

गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा आइतबार साँझ पौने ६ बजे ठाकुरबाबा नगरपालिका-९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैँडा गणना गर्न हात्तीसहित गएका माहुतेलाई बाघले आक्रमण गरेको थियो।

जिल्ला प्रहरी कार्यालय बर्दियाकाअनुसार पुलिसराम हात्तीबाट भुइँमा झरेको मौकामा बाघले उनीमाथि आक्रमण गरेको थियो। उनलाई बाघले आक्रमण गरी १५० देखि २०० मिटर टाढा लगेको थियो।

सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय बग्नाहाबाट आठ जनाएको टोली खटिएको थियो। मान्छे मार्ने बाघलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै मानिसहरुलाई आक्रमण गर्ने घटना पनि बढेको छ । नरभक्षी बाघलाई नियन्त्रणमा लिएर खोरमा थुन्ने कामलाई पनि निकुञ्जले जारी राखेको छ ।

यसअघि मानिसलाई आक्रमण गर्ने एउटा बाघलाई निकुञ्जले नियन्त्रणमा लिए पनि सो बाघ खोरबाट भागेको थियो ।

प्रकाशित मिति: Apr 5, 2021

प्रतिक्रिया दिनुहोस्