Logo
१३ बैशाख २०८१, बिहीबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिड र तेजाव खरिद गर्दा अबदेखि ७ दिन अगाडि नै गृह मन्त्रालयमा जानकारी दिनुपर्ने

अबदेखि एसिड तथा तेजाव लगायतका केमिकल खरिद गर्दा ७ दिन अगाडि नै गृह मन्त्रालयमा जानकारी दिनुपर्ने भएको छ ।

कुनै पनि उद्योग, कारखानामा आवश्यक पर्ने यस्ता केमिकल खरिद गर्दा अबदेखि सात दिन अगाडि नै मन्त्रालयमा परिमाणसहितको जानकारी दिनुपर्ने  गृह मन्त्रालयले निर्देशन जारी गरेको छ ।

त्यसका लागि मन्त्रायलयले निश्चित ढाँचा समेत तोकेको छ ।तेजाव तथा अन्य घातक रासयनिक पदार्थ (नियमन) नियमावली,२०७७ नेपाल सरकारबाट चैत १६ गते स्वकृत भइ लागू भइसकेको उल्लेख गर्दै गृह मन्त्रालयले यसको कारोबारमा कडाई गरेको हो ।

अध्यादेशको दफा ९५० मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने परिमाणसम्मका लागि सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिन सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी नियमावलीको नियम ५ ९२० मा प्रचलित कानून बमोजिम दर्ता भएको वा इजाजत प्राप्त कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि तेजाब वा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा अध्यादेशको दफा १४ को उपदफा ४ बमोजिम पूर्व स्वीकृतिका लागि अनुसूची ८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनुपर्नेछ ।

त्यसैले अब उद्योगले सात दिनअघि नै मन्त्रालयमा जानकारी दिनुपर्ने भएको छ ।

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्