Logo
१५ चैत्र २०८०, बिहीबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोभिडविरुद्धको चिनियाँ खोप चैत २५ गतेदेखि लगाउने सरकारको निर्णय

चीनले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको भेरोसेल खोप चैत २५ गतेदेखि लगाउने सरकारले निर्णय गरेको छ ।

खोप काठमाडौं उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै लगाउने योजना बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयले यसअघिनै ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने निर्णय गरेको थियो ।चिनियाँ खोप कम्पनी सिनोफार्म बेइजिङ इन्स्टिच्युटले उत्पादन गरेको खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल आएको थियो ।

चीन भ्रमणमा जानेहरु, अध्ययनका लागि जाने विद्यार्थी, व्यापार व्यवसाय गर्न जानेलाई प्राथमिकतामा राखिने उनले बताए ।

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्