Logo
११ बैशाख २०८१, मंगलबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धुम्रपान र तनावले नै महिलामा बाझोपन हुने बढी खतरा !

अहिलेको बर्तमान समयमा महिलाको प्रजनन क्षमतामा कमी आइरहेको छ । शोधका अनुसार धुम्रपान गर्नु पनि बाँझोपनको महत्वपूर्ण कारण बनिरहेको छ ।

विशेषज्ञका अनुसार शरीरमा पोषक तत्वको कमी, शरीरको तौल, शारीरिक वा मानसिक तनाव, नशालु औषधीको प्रयोग आदि गर्दा महिलामा प्रजनन क्षमता प्रभावित हुने गर्छ ।

यसबाहेक गर्भनिरोधक गोलीको बारम्बार प्रयोग गर्दा पनि गर्भधारणमा समस्या निम्त्याउन सक्छ । यी औषधीले शरीरको प्राकृतिक हर्मोनको उत्पादनमा बाधा निम्त्याउँछ जसले गर्भपतनको खतरा बढाउँछ ।

महिलामा बाँझोपनका विभिन्न कारण हुनसक्छन् । यदि कुनै महिलाको फ्यालोपियन ट्युबमा यौन रोग वा कुनै शल्यक्रियाका कारण संक्रमण हुन्छ भने यसले गर्भधारणको सम्भावना कम गर्ने गर्छ ।

यसबाहेक एन्डोमेट्रियोसिस (त्यो स्थिति जसमा महिलालाई महिनावारीका बेला अत्यधिक पीडा हुनु) महिलामा बाँझोपनको सबैभन्दा सामान्य कारणमध्ये एक मानिन्छ ।

आजकालको व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै तनावमा हुनु पनि साधारण हो । यस्तोमा तनावमा महिलामा बाँझोपनको कारण बन्न सक्छ ।

पिसिओएसका कारण पनि धेरैजसो महिला बाँझोपनको शिकार भइरहेका छन् । यो रोग लाग्दा फ्यालोपियन ट्युबमा सिस्ट बन्ने गर्छ जसका कारण महिलाले गर्भधारण गर्न सकिरहेका हुँदैनन् ।

यो विकारमा अण्डाशयलाई अण्डाको उत्पादन गर्नबाट रोक्छ र ४० वर्षभन्दा कम उमेरका महिलामा एस्ट्रोजेन हर्मोन उत्पादन पनि कम गर्छ । यसबाहेक मोटोपना र अनियमित महिनावारी पनि महिलामा बाँझोपनको कारण बनिरहेको छ ।
बच्चे उपायहरु
विशेषज्ञका अनुसार महिला आफ्नो जीवनशैलीमा केही परिवर्तन गरेर इनफर्टिलिटीबाट बच्न सकिन्छ ।मद्यपान र धुम्रपानले पनि महिलाको प्रजनन क्षमता प्रभावित गर्छ । त्यसैले महिलाले रक्सी, चुरोट नखान सल्लाह दिइन्छ ।

बाँझोपनबाट बच्नका लागि महिलाले तनावरहित हुन निकै आवश्यक छ । नियमित रुपमा योगा, ध्यान र व्यायाम गर्दा पनि यो समस्याबाट पार पाउन मद्दत गर्छ ।

शरीरको कम तौल र मोटोपना पनि महिलामा ओभुलेसन विकार अर्थात् बाँझोपनको कारण बन्न सक्छ । एजेन्सी

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्