Logo
७ बैशाख २०८१, शुक्रबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता साझेदारीका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर र रामचन्द्र पौडेलबीच भेटवार्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।हात्तीवन स्थित ठाकुरको निवासमा आइतबार विहान उनीहरुबीच भेटवार्ता भएको हो ।

ठाकुरालाई भेट्न पौडेल उनको निवासमा पुगेका थिए र भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको स्रोतले जानकरी दिएको छ ।

उनीहरूबीच गठबन्धन बनाएर अगाडि जाने विषयमा छलफल भए पनि कुनै औपचारिक सहमति नभएको स्रोतले बताएको छ । नेता पौडेलको सचिवालय स्रोतले दिएको जानकारी अनुसार पौडेल ठाकुरलाई भेट्न साढे ९ बजे पुगेका थिए। उनीहरूबीच करिब आधा घन्टा कुराकानी भएको थियो।
कांग्रेसले गत शुक्रबारको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको थियो। साथै आफ्नै नेतृत्वमा सरकार बनाउने गरी अग्रसरता लिने निर्णय गरेको थियो।

उक्त निर्णय भएको दुई दिनपछि पौडेलले आज ठाकुरसँग भेटवार्ता गरेका हुन्।

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्