Logo
७ बैशाख २०८१, शुक्रबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठमेलमा चिनियाँ दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने ४ जना पक्राउ

काठमाडौंको ठमेलमा चिनियाँ दम्पतीलाई बन्धक बनाएर लुटपाट गरेको आरोपमा ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, त्यही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् ।

उनीहरूमाथि २० लाख रुपैयाँ नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ ।उनीहरूले यही चैत १६ गते काठमाण्डौको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेका प्रहरीले जनाएको छ ।

छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमा लिइ हातखुट्टा टेपले बाँधी लुटपाट गरेको प्रहरीले जनाएको छ ।

त्यही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूले बीस लाख रुपैयाँ, सुनको तिलहरी, सुनको औँठी, बाला, मुन्द्रा लुटेको जनाइएको छ । प्रहरीले उनीहरूका साथबाट नगद सात लाख ९२ हजार ६ हजार रुपैयाँ, ६ हजार एक सय ७० युआन, तिलहरी, बाला, रिङ औँठी बरामद भएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

 

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्