Logo
१३ बैशाख २०८१, बिहीबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न लेखा समितिको निर्देशन

सरकारलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिनाभित्र असुल गर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

सरकारलाई डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी विद्युत प्राधिकरण र उद्योग व्यवसायीहरु बीचको विवाद छानविन गर्न बनेको उपसमितिको प्रतिवेदनलाई नै पास गर्दै सार्वजनिक लेखा समितिले यस्तो निर्देशन दिएको हो ।

लेखा समिति सदस्य तथा कांग्रेस नेता मिनेन्द्र रिजालको नेतृत्वमा रहेको उपसमितिले लेखा समितिलाई कुल १० अर्ब १४ करोड ८ लाख बक्यौता रहेको प्रतिवेदन बुझाएको थियो ।

समितिको आइतबार बसेको बैठकले १० अर्ब १४ करोड ८ लाख बक्यौता रहेको उपसमितिको प्रतिवेदन पास गर्दै एक महिनाभित्र कानुनअनुसार असुल गर्न निर्देशन दिएको हो ।

 

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्